समाचार
अमेरिका / अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ
अमेरिका / अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध कायम भएको छ ।
सम्बन्ध कायम गर्न दुई नगरका प्रमुखले ८ बुँदे समझदारीपत्रका हस्ताक्षर गरेका छन् । जर्सी सिटी शहरका नगर प्रमुख स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषदद्वारा गत डिसेम्वर १९ तारिखका दिन परिषद प्रस्ताव पारित भएको थियो ।जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा नगर र गाउँपालिकाकी विशेष दूतको रूपमा नियुक्त डा. विष्णुमाया परियारकै पहलमा भगिनी सम्बन्ध कायम भएको हो ।उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहरबीच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुशासन, खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएको छ। यसअघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थायी सुरक्षित दर्जा ९टीपीएस ०प्रस्ताव पारित गरिएको थियो। अस्थायी सुरक्षित दर्जा ९टिपिएस ०प्रस्ताव पारित गर्ने जर्सी सिटी एक मात्र अमेरिकी शहर हो ।त्यसैगरी, नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो ।शहर भवन कक्ष भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवतस् पहिलो घटना हो। नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी नगर प्रमुख फुलपकि सल्लाहकार डा. बिष्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकी थिइन् ।ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामाङ पूर्वअमेरिकी नेपाली गैर आवासीय नेपाली हुन् (एनआरएन) हुन् । उनी अस्थायी आवासीय पत्र (ग्रिन कार्ड) त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन् ।सामाजिक अभियन्ता डा. परियारले दुई मुलुकका स्टेकहोल्डरहरूसंग लामो परामर्शपछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामाङको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो ।
मेयर तामाङ प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरण हुन् भने डा। परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानको लागि विश्वस्तरमै क्रियाशील सुपरिचित सामाजिक अभियन्ता हुन् ।