FAQs Complain Problems

ईन्द्रावती गाउँपालिका संक्षिप्त परिचय

ईन्द्रावती गाउँपालिका, ईन्द्रावती नदि किनारमा अवस्थीत रहेको छ । प्राचिन कालमा भगवान इन्द्रको मनोरम स्थनलको रुपमा ईन्द्रावती नदी रहको किवदन्ती बमोजिम, ईन्द्रावती नदीको नामबाट नै यस गाउँपालिकाको नाम रहन गएको पाइन्छ । तराइको हावापानी संग मिल्दोजुल्दो ईन्द्रावती नदीकिनारको भिमटार फाँट देखी उच्च पहाडी सिम्पालकाभ्रे सम्म फैलिएको यस गाउँपालिकामा भौगोलिक, सामाजिक, साँस्कृतिक, धार्मिक विविधताले भरिपूर्ण रहेको छ । नेपाल सरकारको मिति २०७६।११।२७ गतेको निर्णयानुसार साविकका सात वटा गा.वि.सहरु सिम्पालकाभ्रे, कुन्चोक, नवलपुर, बाडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार मिलाएर यस गाउँपालिका गठन गरिएको हो । 

ईन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार बागमती प्रदेशमा पर्दछ । ईन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले ८५°३४’३५” देखि ८५°४१’३४” र पूर्व देशान्तरसम्म २७°४२’१९” देखि २७°५२’०३”उत्तरी अक्षांश सम्म फैलिएर ईन्द्रावती नदीको काखमा प्राकृतिक मनोरम संरचना सहित उच्च पहाडी क्षेत्रमा अवस्थित छ । १०५.११ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस ईन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभे्रपलाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाउँपालिका रहेका छन् ।

नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु क्रमशः सिम्पालकाभे्र, कुन्चोक, नवलपुर, वाँडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार समेटेर इन्द्रावती गाउँपालिका घोषणा गरिएको थियो । यस गाउँपालिकामा १२ वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २५,३६५ रहेको छ जस मध्ये पुरुष ४८ प्रतिशत (१२,१८३ जना) र महिला ५२ प्रतिशत (१३,१८२ जना) रहेको यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी तामाङ्ग जाति ७२५० जना (२८.६ प्रतिशत), दोस्रोमा ब्राम्हण (पहाडी)२७३४ जना (१०.०८ प्रतिशत) र तेस्रोमा क्षेत्री ३४०८ (१३.४ प्रतिशत) हरुको बसोबास रहेको छ । शैक्षिक हिसावमा यस गाउँपालिकामा सामुदायिक १२ वटा मा.वि, ४३ वटा आधारभूत, र ९ वटा सामुदायिक बालविकास केन्द्र गरी जम्मा ५९ वटा शिक्षण संस्थाहरु संचालित छन् ।  थियो भने  २०७८ सालको जनगणना अनुसार हाल इन्द्रावती गाउपालिका परिचय यस प्रकारको रहेको छ 

राष्ट्रिय जनगणना, २०७८ सालको अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २५,३६५ रहेको छ जस मध्ये पुरुष ४८ प्रतिशत (१२,१८३ जना) र महिला ५२ प्रतिशत (१३,१८२) जना रहेको यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ।

यस गाउँपालिकामा औषत पारिवारीक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार व्यवसाय, पशुपालन, साना उद्योग, सेवा, नोकरी हुन् । यसको साथै विकल्पमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमशः आधुनिक कृषि प्रणाली र जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस गाउँपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी नगरपालिका तथा जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व जस्तै नयाँ वर्ष, लोसार, उधौली, उभौली, साउने सक्रान्ति, कृष्णजन्माष्टमी, तीज, दशै, तिहार, माघे सक्रान्ति, चैते दशै आदि मनाउने गरिन्छ ।

                 इन्द्रावति गाउँपालिकाकाे सम्रग वस्तुस्थीति

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

२.    भौगोलिक अवस्थिति
इन्द्रावती गाउँपालिका भौगोलिक हिसाबले ८५०३४’३५” देखि ८५०४१’३४” र पूर्व देशान्तरसम्म २७०४२’१९” देखि २७०५२’०३” उत्तरी अक्षांशसम्म अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ६५४ मिटर उँचार्ईदेखि २८३५ मिटर सम्मको उँचाईमा अवस्थित छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०५.११ व.कि.मी. क्षेत्रफलमा फैलिएकोे यस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल गाउँपालिका र जुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभे्रप्लाञ्चोक जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका एवं जुगल गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको केही भागमा खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि अधिकांश भाग पहाडी भागले ओगटेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकामा सानाठूला गरीधेरै खोला तथा नदीहरु रहेका छन् । यस गाउँपालिकाको प्रमुख जलाधार भनेको इन्द्रावती नदी हो ।

३.   राजनैतिक तथा प्रशासनिक केन्द्र
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गाविसहरु सिम्पालकाभे्र, कुन्चोक, नवलपुर, वाँडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार समेटर १२ वटा वडाहरु कायम गरिएको हो । हाल इन्द्रावती गाउँपलिकाको संरचना यस प्रकार रहेको छ ।

            इन्द्रावती गाउँपालिकाको वडा विभाजन

      वडा नं.               समावेश भएका साविक गा.वि.स.                   साविकको वडा नं.
          १                               सिम्पालकाभे्र                                         १–९
          २                               कुन्चोक                                                 १–४
          ३                               कुन्चोक                                                 ५–९
          ४                               नवलपुर                                                 १–९
          ५                               वाँडेगाउँ                                                ४,६–९
          ६                               वाँडेगाउँ                                                १–३,५
          ७                               सिपापोखरे                                             १,४–८
          ८                                सिपापोखरे                                             २,३,९
          ९                                भोटसिपा                                                १–४
          १०                              भेटसिपा                                                 ५–९
          ११                              भिमटार                                                   १,९
          १२                              भिमटार                                                   २–८

 

                                          ईन्द्रावती गाउँपालिकाकाे वडा विभाजन

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.